बुद्धिचालको खुल्ला बिल्चमा आर्मीका जैसवाल र महिला बिल्चमा लोहनीलाई स्वर्ण
पाेखरा | कात्तिक २, २०७९
पोखरा : नवौँ राष्ट्रिय खेलुकद प्रतियोगिता अन्र्तगत गोरखामा जारी बुद्धिचाल प्रतियोगिताको खुल्ला बिल्च चरणको खेलमा त्रिभुवन आर्मी क्लबका रुपेश जैसवाल र महिला बिल्च चरणको खेलमा त्रिभुवन आर्मीकै सुजना लोहनीले स्वर्ण पदक हात पारेका छन् ।
प्रतियोगिता अन्र्तगत आज सम्पन्न बिल्च चरणको खेलमा जैसवाल कुल ९ खेल मध्ये ८ खेलमा जीत र एक खेलमा ‘ड्र’ खेलेर ८.५ अंकका साथ स्वर्ण पदक हात पार्न सफल हुनुभएको हो ।
खुल्ला बिल्चमा नेपाल पुलिस क्बलका क्षितिज भण्डारीले दोस्रो हुदै रजत पदक प्राप्त गर्नुभएको छ भने त्रिभुवन आर्मी क्बलकै सचिन मर्हजनले तेस्रो स्थान हात पार्दै कास्य पदक जित्नु भएको छ । नेपाल पुलिस क्बलका भण्डारीले कुल ९ खेलमा ७ जीत, एक हार र एक ‘ड्र’ गरेर ७.५ अंक प्राप्त गर्नुभएको थियो । त्यस्तै त्रिभु्वन आर्मी क्बलका मर्हजनले ९ खेलमा ६ जीत, २ हार र एक खेलमा ‘ड्र’ गर्दै तेस्रो हुन सफल भएको हो । उहाँले ६.५ अंक प्राप्त गर्नुभएको थियो ।
प्रतियोगिताको महिला तर्फको बिल्च इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले ९ खेलमा ९ ओटै खेल जितेर ९ अंकका साथ स्वर्ण जित्न सफल हुनभएको हो । प्रतियोगितामा नेपाल पुलिक क्लबकी पूर्णिमा गुरुङले ८ खेलमा जीत र एक खेलमा हार व्यर्होदै कुल ८ अंकका साथ कास्य पदक जित्नु भएको छ ।
त्यस्तै महिला बिल्चमा त्रिुभवन आर्मी क्लबकी सिन्दिरा जोशीले ९ खेलमा ६ खेल जित्दै ६ अंकका कास्य पदक हात पार्न सफल सफल हुनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

